गण्डकी प्रदेशसभा बैठक : दुई अध्यादेश प्रस्तुत

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, २० : ३४
गण्डकी प्रदेशसभा बैठक : दुई अध्यादेश प्रस्तुत

गण्डकी।  गण्डकी प्रदेशसभाको आज बसेको पहिलो बैठकमा गण्डकी प्रदेश सरकारबाट जारी भएका दुई अध्यादेश प्रस्तुत भएको छ । 

बैठकमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रस्तुत गरे ।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको थियो । अर्को बैठक पुस २९ गते दिनको १ : ०० बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस