एनआईसीका २० शाखामा बैंकिङ्ग समय परिवर्तन , बिहान ९ बजे देखि साँझ ७ बजेसम्म सेवा

सफल खबर संवाददाता

सोमबार, १८ असार २०७५, २० : २१
एनआईसीका २० शाखामा बैंकिङ्ग समय परिवर्तन  , बिहान ९ बजे देखि साँझ ७ बजेसम्म सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग समय थप गरेको छ । बैंकले आषाढ १९ गते बाट देशका प्रमुख शहरहरुका २० शाखाहरुबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्वि गरेको हो ।

आईतवार देखि विहिवार सम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म  र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकिङ्ग कारोबारको बिस्तार गरीएको शाखाहरुको सुचि
१    त्रिपुरेश्वर    त्रिपुरेश्वर, काठमाण्डौं
२    महाराजगंज    महाराजगंज, काठमाण्डौं
३    सामाखुसी    सामाखुसी, काठमाण्डौं
४    नयाँ बानेश्वर    नयाँ बानेश्वर, काठमाण्डौं
५    पुल्चोक    पुल्चोक, ललितपुर
६    कर्पोरेट कार्यालय    थापाथली, काठमाण्डौं
७    ठमेल    ठमेल, काठमाण्डौं
८    न्युरोड, बिशाल बजार    न्युरोड, बिशाल बजार, काठमाण्डौं
९    न्युरोड, खिचापोखरी    न्युरोड, खिचापोखरी, काठमाण्डौं
१०    कमलादी    कमलादी, काठमाण्डौं
११    नारायणगढ    नारायणगढ, चितवन
१२    वीरगंज    वीरगंज, पर्सा
१३    पोखरा    महेन्द्रपुल, कास्की
१४    धरान     धरान, सुनसरी
१५    बिराटनगर    बिराटनगर मेनरोड, मोरङ्ग
१६    इटहरी     इटहरी, सुनसरी
१७    बुटवल    बुटवल, रुपन्देही
१८    दमक    दमक, झापा
१९    बिर्तामोड    बिर्तामोड, झापा
२०    नेपालगञ्ज    नेपालगञ्ज, बाँके

प्रतिक्रिया दिनुहोस