रोल्पामा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १८ असार २०७५, १८ : ०५
रोल्पामा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

प्रतिकात्मक फोटो

रोल्पा । रोल्पाको रुन्टीगढि गाउ“पालिका ५ सैवाङमा घर भत्कदा ३ जनाको मृत्यु भएको छ । घरमा आगो तापिरहेको समयमा माथिबाट झरेको पहिरो भान्सा कोठामा खस्दा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २२ वर्षिया कमला बिक, उनकी १८ दिनकी छोरी आयुसा बिक र आफन्त १५ वर्षिया चित्रा बिक रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण कच्ची घर भत्कि“दा कैलालीमा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । राति करिब १ बजेतिर घर भत्कि“दा गोदावरी नगरपालिका ९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस