महोत्तरीमा सर्पको टोकाईबाट ४ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १८ असार २०७५, १७ : ५१
महोत्तरीमा सर्पको टोकाईबाट ४ जनाको मृत्यु

प्रतिकात्मक फोटो

महोत्तरी । महोत्तरीमा सर्पको टोकाईबाट ४ जनाको मृत्यु भएको छ । आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा २ जना र  गौशाला नगरपालिकामा २ जनाको गरी चार मृत्यु भएको जनाएको छ । बर्दिवास नगरपालिका ५ का २७ बर्षीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया राउतको मृत्यु भएको हो । उनीहरु सबै जना गएराति सुतेकै ठाउ“मा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

गौशला नगरपालिका १२ बस्ने ३६ बर्षीय सुशीलकुमार सिंह र सोही ठाउ“का ११ बर्षीय मनिष राउतको मृत्यु भएको हो । बर्दिवासका दुई जनाको कोब्रा सर्पले टोकेको लक्षण देखा परेको र गौशाला नगरपालिकाका २ जनाको करेत सर्पको टोकाईको लक्षण देखा परेको सर्पदंश उपचार केन्द्रले बताएको प्रहरीले  जनाएको छ ।

बर्षातस“गै महोत्तरी जिल्लामा सर्पदंशको घटना बढ्न थालेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै २६३ जना सर्पदंशका बिरामीहरुको उपचार गरिएकोमा असार महिनामा मात्र उपचार केन्द्रले ३१ जनाको सर्पदंशका बिरामी उपचार गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस