लगातारको बर्षाले यी नदीहरुमा बढ्यो खतराको संकेत, सतर्क रहन आग्रह

सफल खबर संवाददाता

सोमबार, १८ असार २०७५, १६ : ५३
लगातारको बर्षाले यी  नदीहरुमा  बढ्यो खतराको संकेत, सतर्क रहन आग्रह

चितवन । लगातारको बर्षाले मुलुकका बिभिन्न नदीमा बाढीको जोखिम बढेको छ । मनसुन सक्रिय भएपछि बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसंगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी पहिरोको जोखिम बढेसंगै विभागले त्यस आसपासका बासिन्दालाई सतर्कता अपनाउन मोबाइलमा म्यासेज पठाइएको महानिर्देशक डाक्टर ऋषिराम शर्माले जानकारी दिनुभयो ।

बबई र राप्ती नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको बताउनुभयो । बाढी तथा पहिरोको जोखिमबारे थाहा पाउन मोबाइलबाट ११५५ मा एसएमएस गर्न सकिनेछ । बबई नदीमा बाढी आए बर्दिया, सुर्खेत, जाजरकोटका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ । यस्तै पश्चिम राप्तीको बाढीले बा“के, दाङमा जोखिम बढ्छ ।
यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो । चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भा“सिएको छ । रिउ खोलाको पानी सतह खतराभन्दा माथि पुगेपछि प्रहरीले सतर्क रहन अपिल गरेको छ । रौतनी खोलाको पुल भा“सिएपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको छ । बाढी र डुवानका कारण जिल्ला

सदरमुकामसग माडीको यातायात सम्पर्क विच्छेद भएको छ । यो क्षेवीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका छन् । अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवकोटको म्यागङ गाउपालिका–४ स्थित किम्ताङ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो । लगातारको वर्षापछि आएको पहिरोका कारण छोटो दूरीको मदन भण्डारी मार्ग अवरुद्घ भएको छ । निर्माणको क्रममा रहेको मार्गको ईन्द्रसरोवर गाउ“पालिका–२, छेपारेमा पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड अबरुद्ध भएको हो ।

यो पनि
देशभर अझै दुई दिन वर्षा हुने

प्रतिक्रिया दिनुहोस