एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।
उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ पुस २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई
मोदी र बाइडेनबीच भेटवार्ता
मोदी र बाइडेनबीच टेलिफोन कुराकानी
मोदी र जेलेस्न्कीबीच भेटवार्ता
आज मोदी युद्धग्रस्त युक्रेन जादै
मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गर्ने