प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ । आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो ।
आईतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् । धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा. ९५ प ८१६४ न. को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको थियो ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आईतबार साँझ ७ बजे सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ असार २०७५, ०८ : २७
लेखकबाट थप