काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमै नयाँ सरकार बन्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार कार्यकर्ता भेटघाट गर्न पुगेका महराले गठबन्धन नेतृत्व सरकार बन्ने बताएका हुन् ।
माओवादी प्रवक्ता समेत रहेका उनले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए । ‘सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ,’ उनले भने, ‘पार्टीले सबै दलसँग आवश्यक छलफल अगाडि बढाइसकेको छ, हाम्रो माग अनुसारको सरकार बनाउन हामीले काम गरिरहेका छौँ ।’
समाजवादी दलहरूको मञ्च निर्माणका लागि एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका नेताहरू, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोला लगायतले नेतृत्व गरेका पार्टीसँग समेत छलफल भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइजिपीको स्पष्टीकरण - अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गरियो
माओवादी नेता कृष्णबहादुर महरालाई आज अदालत लाने तयारी
महराको बयान आज पनि जारी रहने, म्याद थपका लागि अदालत लगिँदै
पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना
पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति
कृष्णबहादुर महरालाई सीआईबी पुर्याइयो