एजेन्सी । भारतको सबैभन्दा ठूलो नागरिक उड्डयन सुविधालाई बम विस्फोट गर्ने धम्कीपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिआतंकवादी सुरक्षा अभ्यास सुरु गरिएको छ ।
सामाजिक सञ्जालमा विमानस्थलमा विस्फोट गराउने धम्कीपछि उक्त अभ्यास गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । बुधबार बिहान दिइएको उक्त धम्कीलाई गैर विशिष्ट वा ठगीको रुपमा वर्गीकृत गरिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।
विमास्थलमा वम विस्फोट गराउनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिएको पोस्टबारे विमानस्थल अधिकारीहरुलाई जानकारी गराइएको थियो । पछि च्याट पोस्टलाई सुरक्षा अधिकारीले पत्ता लगाएका थिए । अनुसन्धानपछि उक्त धम्की नक्कली भएको पत्ता लागेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की
केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवक पक्राउ