चितवनमा बस पल्टिँदा एक जनाको मृत्यु र १८ जना घाइते

आइतबार, १७ असार २०७५, १० : २४
चितवनमा बस पल्टिँदा एक जनाको मृत्यु र १८ जना घाइते

चितवन । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार एक जनाको मृत्यु र १८ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । 

दुर्घटनापछि घाइतेमध्ये  १४  जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस