एजेन्सी । उत्तर कोरियाले आइतवार दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सीउलको सेनाले जनाएको छ । प्योङयाङले नयाँ हतियार प्रणालीको लागि मोटरको सफल परीक्षण घोषणा गरेको केही दिनपछि व्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।
यस वर्ष कोरियाली प्रायद्वीपमा सैन्य तनाव तीव्र रूपमा बढेको छ किनकि प्योङयाङले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपणसहित हतियार परीक्षणहरूको अभूतपूर्व निशाना बनाएको छ ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तरी प्योङगान प्रान्तको टोङ्चाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको बताए । मिसाइल स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेर १३ मिनेट देखि १२ बजेर ५ मिनेटसम्म पूर्वी सागरमा प्रहार गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ पुस २०७९, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो हाइपरसोनिक मिसाइलको सफल परीक्षण
इजरायलमाथि इरानको मिसाइल आक्रमण
इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल