काठमाडौं । लियोनल मेसीले पहिलो पटक जित्छन् ? या केलियन एम्बाप्पेले लगातार दोस्रोपटक फिफा विश्वकप उपाधि जित्छन् ? यो प्रश्नको समाप्त आइतबार मध्यरातसँगै समाप्त हुनेछ ।
कतार दोहास्थित लुसेल मैदानमा फिफा विश्वकप २०२२ को फाइनल हुँदैछ । नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे खेल सुरु हुनेछ । अर्जेन्टिना र फ्रान्स दुबै टोली तेस्रोपटक च्याम्पियन हुने दाउमा छन् ।
३५ वर्षीय मेसी सातपटक बालोन डि ओर उपाधि जितेका छन् । व्यावसायिक फुटबलमा सबै उपलब्धि हासिल गरेका मेसीले विश्व च्याम्पियन हुन सकेका छैनन् ।
सन् २०१४ मा अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने योजनामा थियो । तर, फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित हुन पुग्यो । सन् १९७८ र सन् १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिना ३६ वर्षयता पहिलोपटक उपाधि जित्ने अभियानमा छ ।
फ्रान्स तेस्रोपटक उपाधि जित्ने योजनामा छ । टोलीका प्रशिक्षक डिडियर डेस्चाम्प्सले सन् १९९८ मा टोलीलाई च्याम्पियन बनाएका थिए । सन् २०१८ मा फ्रान्स डेस्चाम्प्सकै प्रशिक्षणमा दोस्रो पटक विजेता भयो । २३ वर्षीय एम्बाप्पेको उच्च प्रदर्शनसँगै फ्रान्स तेस्रोपटक उपाधि हात पार्ने दाउमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेस्सी र सुवारेज चम्किँदा मियामी अन्तिम ८ मा