सर्लाही। सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन्।
काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ पुस २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
मापसे चेक गर्दा सर्लाहीमा जुलुस ! प्रहरीले चलायो गोली
हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु
सुनसरीमा प्रहरीले चलायो गोली
खोटाङमा मृग भनेर हानेको गोली साथीलाई लागेपछी....
सर्लाहीमा गोली चल्यो, एक महिलाको हत्या