एजेन्सी । भारतले ५ हजार भन्दा बढी किलोमिटरको दूरीमा मार हान्न सक्ने शक्तिशाली अग्नी भी (पाँच) व्यालेष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ । भारतले बिहीबार सो परीक्षण गरेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार ओडिशाको नजिक अब्दुल कलाम द्वीपबाट यो परीक्षण गरिएको थियो । भारत र चीन सीमामा तनाव जारी रहेका बेला भारतले यो मिसाइल परीक्षण गरेको छ । मिसाइल परीक्ष्ण गरेर भारतले चीन सरकारलाई जवाफ दिन खोजेको भनाइ भारतीय सञ्चार माध्यमको छ । अग्नी चौथोको रेन्ज चार हजार किलोमिटर, अग्नी तेस्रोले तीन हजार किलोमिटर दूरीसम्म मार हान्न सक्ने बताइएको छ ।
पछिल्लो दुई वर्षमा भारतले यस्ता धेरै मिसाइलको सफलतापूर्वक परीक्षण गरिसकेको छ । गत मे महिनामा भारतले ब्रम्होस सुपरसोनिक क्रूज मिसाइलको सुखोई लडाकु विमानबाट टेष्ट फायर गरेको थियो । गत अप्रिलमा ब्रम्होस सुपरसोनिक क्रूज मिसाइलको एन्टीशीप भर्सनलाई भारतीय नौ सेना र निकोबार कमाण्डले संयुक्त रुपमा परीक्षण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो हाइपरसोनिक मिसाइलको सफल परीक्षण
इजरायलमाथि इरानको मिसाइल आक्रमण
इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल