चितवन प्रहरीमाथि दुव्र्यवहार गर्दै जाइलागेका दुई युवा पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०७५, १९ : २१
चितवन प्रहरीमाथि दुव्र्यवहार गर्दै जाइलागेका दुई युवा पक्राउ

चितवन । समाजलाई स्वच्छ र भयरहित बनाउन दिनरात ओहोरात्र खटिने प्रहरीलाई सम्मान गर्नुपर्नेमा चितवनमा भने मदिरामा लठ्ठ परेका दुई उच्छृङ्खल ब्यक्तिले प्रहरीमाथि दुव्र्यवहार गर्दै जाइलागेका छन् ।

अपराधरहित समाज बनाउन गस्तीमा खटिएका प्रहरीमाथि दुव्र्यवहार गर्ने दुई जना युवाहरू चितवन प्रहरीको फन्दामा परे पछि प्रहरी अझै जोखिम मोलेरै स्थानीयको जीउधनको रक्षा गर्न अग्रसर रहेको पाइएको छ । प्रहरीलाई दुब्यबहार एवं आक्रमण गर्ने भरतपुर महानगरपालिका वर्डा नम्बर २३ बस्ने बर्ष ३१ को गोपाल रम्तेल र भरतपुर महानगरपालिका वर्डा नम्बर ११ प्रगतीटोल बस्ने वर्ष ३२ को उमेश गुरुङ रहेका छन् ।

पक्राउ परेका मध्य रम्तेलले मादक पदार्थ सेवन गरी प्रहरी बिट कृष्णपुरको भवनमा ढुङ्गा प्रहार गरेका थिए भने गुरुङले मादक पदार्थ सेवन गरी भरतपुर महानगरपालिका ११ भोजाडचोकमा गस्तीमा खटिएको प्रहरी माथी हातपात गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार पक्राउ परेका उनीहरु दुवैजनालाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको बताउनुभयो ।

साथै , उहाँले गस्तीमा खटिएका प्रहरीलाई हातपात एवं दुब्यबहार नगर्न सर्वसाधारणलाई अपिल गर्नुभयो । प्रहरीको बिषयमा कुनै कमीकमजोरी भए आगामी दिनमा आफुले सुधार्ने बताउनुहुँदै राठौरले भन्नुभयो : कार्वाही गर्ने र यसरी प्रहरीमाथि जथाभावी आक्रमण , दुब्यबहार गरे प्रहरीले त्यस्तो ब्यक्तिलाई कुनै हालतमा नछाड्ने बताउनुभयो ।
उहाँले स्वच्छ चितवन बनाउने अभियानमा लाग्न र प्रहरीलाई सहयोग गर्न जिल्लाबासीलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस