चलचित्र ‘चि मुसी चि’ को ट्रेलर पनि सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०७५, १८ : ५८

काठमाडौं । श्रावण ११ रिलिज मिती तोक्दै प्रचार प्रसारमा निस्किएको चलचित्र ‘चि मुसी चि’को ट्रेलर पनि सार्वजनिक गरिएको छ । निर्माण युनिटले दर्शकको मनमा कौतुहलता जगाउने खालको ट्रेलर सार्वजनिक गर्दै प्रचार प्रसार तिब्र बनाएको हो ।

ट्रेलरमा अभिनेताद्धय पनि समेटिएको छ । अभिनेत्री अलिशा शर्माको भूमिका गौण देखाइएको ट्रेलरबाट अभिनेता कार्की सिआईबी अफिसरको भूमिकामा रहेको अनुमान दर्शकमा एक प्रकारको कौतुहलता प्रदान गर्न ट्रेलर कथा खुल्ने गरेर नबनाइएको निर्देशक दिनेश श्रेष्ठले बताए । उनले सस्पेन्स थ्रिलरमा यस अगाडी आएको भन्दा भिन्न चलचित्र बनाएको खुलाए ।सुनिल र अलिशाको यो डेब्यू चलचित्र हो ।

अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की हुन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् ।  सुनिल र सुशान्त, अलिशाको अलवा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस