चितवन । भरतपुर महानगरपालिकाभित्र निर्माणधिन आधा दर्जन आयोजनाहरुलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ ।भरतपुरका मूख्य सडक खण्डरुको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो ।
आईतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पुरा गर्ने प्रतिवद्धता जनाएको भरतपुर महानगरपालिकाका ईन्जिनियर साकार लामाले जानकारी दिए।
धर्मचोक–बैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब ५सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पुरा गरी पुसको १३ गतेभित्र अस्फाल्ट कार्य सम्पन्न गर्ने तथा सहिद चोक–धर्मचोक–कचपचे सडक खण्डको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ । यो सडक निर्माण गर्न भरतपुर महागनरपालिकाले निर्माण कम्पनीलाई बरम्बार ताकेता गरेपनि विभिन्न बाहना बनाएर काम गरेको थिएन ।
यस्तै निर्माणको अन्तिम चरणमा रहेको प्रचण्ड पथ अन्तर्गत महेन्द्रचोक–रिमाल चोक सडक खण्डको अस्फाल्ट कार्य १२ दिनभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । त्यस्तै निर्माणधिन पार्वतीपुर बजार सडक खण्डको बाँकी निर्माण कार्य १ महिनाभित्र सम्पन्न गर्ने गरी अगाडि बढाउने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको प्रत्यक्ष सरोकारको विषयमा स्थानीय सरकारको हैसियतले महानगरको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गरिन्। महानगरपालिकाकले यहाँ निर्माणधिन विकासको आयोजना समयमै सम्पन्न गराउन निर्माण व्यवसायीलाई पटक पटक आह्वान गरी सहजीकरण गरेको बताइन् । अब कुनै पनि आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती गरे नियमानुसार कारबाही प्रकृया अगाडि बढाउने उनको भनाई छ ।
माडी ठोरी हुलाकी सडक खण्ड अन्तरगतको निर्माण कार्य यो आर्थिक वर्षभित्र सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, हुलाकी आयोजना प्रमुख धमेन्द्र झा, सडक डिभिजन भरतपुरका प्रमुख रमेश प्रसाद पौडेलेको संयुक्त बैठकले निर्माण कम्पनी रमण शिवशक्ति जेभीलाई किछटो काम पुरा गर्न अल्टिमेटम दिएको छ ।
यसै प्याकेज अन्तर्गतका सम्पुर्ण सडक खण्डको बाँकी निर्माण कार्य तोकिएको समयभित्रै एवं यस अघि महानगरको बैठकमा भएको छलफल अनुसार काम गर्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीले प्रतिवद्धता जनाएको ईन्जिनियर लामाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको पुँजीगत खर्च ५६ प्रतिशत मात्र
भरतपुर भ्रमण वषको कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान
बेपत्ता यात्रु र बस खोज्न हात्ती सहितको टिम परिचालन
भरतपुरमा महानगरले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम ३० महिनामा सक्ने ठेक्का सम्झौता
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार