क्षमता विकासमा लाग्न स्थानीय तहकाे नेतृत्वलाई देउवाको आग्रह

सफल खबर संवाददाता

आइतबार, २५ मंसिर २०७९, १२ : २८
क्षमता विकासमा लाग्न स्थानीय तहकाे नेतृत्वलाई देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गरेका छन ।

राजधानीमा आज आइतबारदेखि सुरू भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन । प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताए ।

उनले स्थानीय तहमा भ्रष्टाचार न्यूनिकरण र दिगो विकास लक्ष्य अनुसार योजना तर्जुमा गर्न पनि आग्रह गरे । सहज रूपमा शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका कामहरु गर्नुपर्ने समेत उनले बताए। त्यसतर्फ छलफल चलाउनु जरूरी रहेको उनले बताए।

सार्वजनिक प्रशासनको चुस्त कामले नै जनता समक्ष सेवा प्रवाह हुन सक्ने भन्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस