काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ ।
समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।
भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी बैठकमा कुलमानको कुरा, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव
माओवादी केन्द्रीय समिति बैठक आजै सकिने
माओवादीका ५० जना नेताको घटुवा
माओवादी केन्द्रीय समिति बैठक सुरु, अभियानमाथि समीक्षा हुने
माओवादी बैठकमा विधानको मस्यौदामाथि धारणा राख्दै सदस्यहरू