नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५ प्रतिशतले धान उत्पादन बढेको छ ।
कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि परिचित मानिन्छ । यहाँ हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ । धान उत्पादन बढाउन आधुनिक उपकरणमा अनुदान दिने, गुणस्तरीय बीउ वितरण गर्ने गरेकाले धान उत्पादन बढेको केन्द्रले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ मंसिर २०७९, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
गुल्मीमा धान उत्पादन बढ्यो
बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण