काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन् । नेपाल सेतेरियो कराते केन्द्रीय शाखा डोजोले सोमबार आयोजना गरेको कार्यक्रममा सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐन अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिकका साथै खेल क्षेत्रको विकास सोचे जस्तो गर्न सम्भव नभएको बताएका हुन् ।
संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको उनको भनाइ छ ।
त्यसैले अबको दिनमा आफू सङ्घीयता कार्यान्वयन साथै तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा लाग्ने बताए । उनले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गरे । सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब घरजग्गाको किनबेचमा उत्साह बढ्छ: उपप्रधानमन्त्री सिंह
काँग्रेसले विधि विपरीतको काम गर्दैन : प्रकाशमान सिंह
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
बिआरआई अन्तर्गत अनुदान उपयुक्त हुन्छ : प्रकाशमान सिंह
अव्यवस्थित सहरीकरण नेपालको चुनौती : उपप्रधानमन्त्री सिंह
उत्पादनमूलक क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह