बोगोटा। कोलम्बियाको सरकार र इएलएन विद्रोही समूहबीचको शान्ति वार्ता सहमतिको पहिलो बिन्दुमा पुगेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्रपतिले उक्त जानकारी दिएका हुन् ।
द्वन्द्वका कारण विस्थापित आदिवासी जनजातिलाई प्रदेशमा आफ्नो भूमिमा सुरक्षित फिर्ताको सुनिश्चित गर्न दुवै पक्ष सहमत भएका उनले बताए । कोलम्बियामा विगत ६ दशकदेखि द्वन्द्व भइरहेको छ ।
वामपन्थी नेसनल लिबरेसन आर्मी (इएलएन) अन्तिम विद्रोही समूह हो, जुन अझै पनि युद्धमा सक्रिय छ । गत महिना नेता पेट्रोले नेता चुनाव जितेपछि तीन वर्षको अन्तरालपछि दुई पक्षबी वार्ता भएको थियो ।
उनी देशको पहिलो वामपन्थी राष्ट्रपति हुन् । एम १९ विद्रोही समूहका पूर्व सदस्यसमेत रहेका पेट्रोले अगस्टमा राष्ट्रपतिको पद सम्हालेका थिए । उनले कोलम्बियामा शान्ति स्थापना गर्ने बाचा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ मंसिर २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने