काठमाडौं । कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् ।
प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो ।
शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ ।
हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर छात्राको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरको निषेधाज्ञा हट्याे
सुनसरीको दुई स्थानमा निषेधाज्ञा
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै