सञ्चार माध्यममा सरकारले हस्तपक्षेप गरेको छैन् : संञ्चारमन्त्री बास्कोटा

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०७५, १६ : ३७
सञ्चार माध्यममा सरकारले हस्तपक्षेप गरेको छैन् : संञ्चारमन्त्री  बास्कोटा

काठमाडौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक सञ्चार माध्यममा सरकारले हस्तपक्षेप नगरेको स्पष्ट पार्नुभएको छ ।

आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटबारे संघीय संसदमा उठेका प्रश्नको जवाफ दि“दै  उहाँले यस्तो बताउनुभएको हो । सार्वजनिक संञ्चारमाध्यममा सरकारले हस्तक्षेप गरेको भन्ने आवाज उठेको भन्दै  उहाँले त्यसो नभएको स्पष्ट पार्नुभयो । नेपाल टेलिभिजनको कर्मचारी निकालिएको र कार्यक्रम हटाइएको भन्ने सम्बन्धमा उठेको प्रश्नमा  उहाँले कुनै पनि कर्मचारी ननिकालिएको र कार्यक्रम पनि बन्द नगरिएको स्पष्ट पार्नुभयो ।

संचारमन्त्री बास्कोटाले एनसेलबाट चन्दा लिएको बारे आफुलाई जानकारी नभएको र करको सवालमा कुनै पनि किसिमको कानुनी उन्मुक्ति नदिने बताउनुभयो । नेपाल टेलिकमले सबै स्थान र सबै नेपालीको पहु“च पुग्ने गरी सेवा विस्तार गरेको उल्लेख गर्दै यसै वर्ष मात्रै ७ सय ३८ वटा टावर थप्न मन्त्रालयले निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

 उहाँले मापदण्ड अनुसार पत्रकारिता क्षेत्रभन्दा बाहिरका संस्थालाई लोक कल्याणकारी विज्ञापन अन्र्तगत कुनै अनुदान नदिएको स्पष्ट पार्नुभयो । श्रमजीवी पत्रकार ऐनको कार्यन्वयन र न्युनतम पारिश्रमिक लागु गराउन समिति गठन भएको भन्दै त्यसको सफल कार्यान्वयनका लागि ठूला मिडियालाई घचघचाउने काम भईरहेको बताउनुभयो ।

नेपाली सञ्चारमाध्यमका प्रसारित हुने विज्ञापनमा नेपाली नै हुनुपर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै संचारमन्त्री बास्कोटाले क्लिन फिडको व्यवस्था लागु भएपछि विस्तारै समाधान हुने बताउनुभयो । उहा“ले सरकारले २ करोड पत्रकार वृत्तिकोषका लागि छुट्याएको र सो कोष सञ्चालनका लागि कार्यविधि र निर्देशिका पनि मन्त्रालयले तयार गरिसकेको जानकारी गराउनुभयो । संञ्चारमन्त्रालय अन्र्तगत विनियोजित बजेटबारे २१ जना सांसदहरुले प्रश्न उठाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस