प्रधानमन्त्री ओली नयाँ महाराजा बन्न खोजेको मिनेन्द्र रिजालको आरोप

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०७५, १६ : २५
प्रधानमन्त्री ओली नयाँ महाराजा बन्न खोजेको मिनेन्द्र रिजालको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसले सरकार र प्रधानमन्त्रीको क्रियाकलापको चर्को आलोचना गरेको छ । प्रतिनिधीसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च कटौतीको प्रस्ताव पेश गर्दै कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार र प्रधानमन्त्रीको क्रियाकलापको आलोचना गर्दे प्रधानमन्त्री केपी ओलीलाई नया महाराजा बन्न खोजेको आरोप लगाउनुभयो । उहाले महत्वपूर्ण कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउन खोज्नु आपत्तिजनक विषय भएको पनि बताउनुभयो । रिजालले प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फिर्ता आउ“दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ७६ जना यात्रुहरूलाई एक घण्टा कुराएर आम जनतालाई दुःख दिएको आरोप लगाउनुभयो ।

रिजालले सबै मन्त्रालयमा भैपरी आउने खर्चका लागि भनेर बजेट विनियोजन गरिएको भन्दै यो काम सरकारको सबैभन्दा ठूलो नालायकीपन भएको टिप्पणी गर्नुभयो ।
त्यस्तै, सांसद रिजालले सरकारका मन्त्रीहरुले तर्साउने धम्काउने गरेको भन्दै संविधान र कानून नमिच्न चेतावनी दिनुभयो । सञ्चारमन्त्री गोकुल बास्कोटाका क्रियाकलापप्रति पनि विरोध गर्दै उहा“ले ‘प्रेस काउन्सिलको जा“च दिएर पत्रकार हुन पाउने व्यवस्था निरंकुुश व्यवस्था भएको बताउनुभयो ।

उहा“ले संसदको विश्वास जितेर बनेको कार्यकारी प्रधानमन्त्रीले नीति नियम कानून नतोड्न सुझाव पनि दिनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको विभिन्न शीर्षकमाथि छलफलमा भएको थियो । उक्त शिर्षकमाथि कांग्रेस, नेपाल मजदुर किसान पार्टी लगायतका दलका सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस