तम्घास । गुल्मीमा ७४ वर्षीया वृद्धाको आफनै घरभित्र शंकास्पद मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ५ की ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
थापाले नाक र कानका लगाएको गहनाहरु पनि नभएकाले घटना रहस्यमय देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।
थापा दुई दिन अगाडिदेखि गाउँमा हिँड्डुल गरेको नदेखेको स्थानीयहरुले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि खरेलकै नेतृत्वमा एक समिति गठन गरी अगाडि बढ्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृतकको स्थलगत मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा गुल्मीमा ल्याइएको र पोष्टमार्टमपश्चात आफन्तको जिम्मा लगाइने खरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु