उपत्यकामा सवारी दुर्घटना न्यूनिकरण हुँदै जान्छ : मेयर साह

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, १५ : १२
उपत्यकामा सवारी दुर्घटना न्यूनिकरण हुँदै जान्छ : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन।

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनिकरणका लागि सोसम्बन्धि विधेयक पारित भएको उल्लेख गर्दै उहाँले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनिकरण हुँदै जाने बताएका छन ।

शेयर सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटना हुने काममा कमी आउने उनको भनाई थियो । आइताबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाईकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै मेयर साहहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरुबीच विस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए ।

मेयर साहले काठमाडौं उपत्यका भित्र हुने सवारी दुर्घटनामा परी घाईते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस