बझाङ । खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।
पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो । “मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ”, उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका थिए ।
खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए।
जिल्ला सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय
मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने
एमाले तत्काल सुदूरपश्चिम सरकारमा नजाने
सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय
सुदूरपश्चिममा सरकारको दाबि गर्ने समय आज सकिदै
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री