‘नाई नभन्नु ल ५’ को फस्ट लुक रिलिज

सफल खबर संवाददाता

आइतबार, १० असार २०७५, १८ : ५३
‘नाई नभन्नु ल ५’ को  फस्ट लुक रिलिज

काठमाडौँ । चलचित्र ‘नाईं नभन्नू’को पाँचौ सिक्वेल अर्थात ‘नाई नभन्नु ल ५’ को  फस्ट लुक रिलिज गरिएको छ । निर्माण टिमले दुई जोडीलाई पोस्टरस्थान दिँदै फस्ट लुक सार्वजनिक गरेको हो ।

पोस्टरमा स्वस्तिमा खड्का र डेब्यु अभिनेता अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा अटाएका छन् । चलचित्रमा थुप्रै कलाकार भएपनि नाम चलेका कलाकारको अभिनय भएपनि निर्माण टिमले पछिल्लो पुस्ताका कलाकारलाई सार्वजनिक गर्दै प्रचार प्रसार थालेको छ ।

कथा अनुसार चलचित्रको फस्ट लुक तयार पारिएको निर्देशक बिकाश आचार्यले बताए । ‘‘नाईं नभन्नूल ५ सदा झैं फेमली ड्रामा हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं’ बिकाशले भने ‘पोस्टर यस्तै कथाको झझल्को हो ।’


८ भदौबाट सार्वजनिक प्रदर्शनमा आउँने चलचित्रमा दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ लगायत कलाकारको समेत अभिनय समेटिएको छ ।

हरेक सिरिजमा कलाकार डेब्यु गराउदै आएका निर्देशक आचार्यको यो चलचित्रबाट अभिषेक नेपाल र सेड्रिना शर्मा डेब्यु गर्दैछन् । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रमा छायांकन पुरुषोत्तम प्रधान र संगीत बसन्त सापकोटाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस