राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाद्वारा सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, १० असार २०७५, १८ : २८
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा सांसदले उठान गर्नुभएका विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आइतवारको बैठकमा अध्यक्ष तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । विशेष समयमा सांसदहरुले आफूले उठान गरेका विषय के कति सम्बोधन भए ? के कति कुन कारणले हुन सकेन ? भन्ने प्रश्न गर्नुभएको थियो । विशेष समयमा सांसदले मुलुकले भोग्नु परेका समस्या र समसामयिक विषयलाई उठान गरेका थिए । सांसद खिमलाल भट्टराई, अनिता देवकोटा, रमेशप्रसाद यादवलगायतका सांसदहरुले समसामायिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रियसभाको अर्काे बैठक असार १४ गते बिहीबार १ बजे बोलाईएको छ

सम्बन्धित समाचार
प्रतिनिधिसभा विशेष समय : सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्नेमा जोड

 

प्रतिक्रिया दिनुहोस