प्रतिनिधिसभा विशेष समय : सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्नेमा जोड

सफल खबर संवाददाता

आइतबार, १० असार २०७५, १७ : ५४
प्रतिनिधिसभा विशेष समय : सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्नेमा जोड

काठमाडौं । दुई ठुला पार्टी एकिकरण लगत्तै सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्ने संबैधानिक व्यवस्था कार्यान्वयका लागि आवाज उठाउदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सो मागमा अडिग देखिएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संविधानले गरेको व्यवस्था र राजनीति दलको ऐनमा भएको प्रावधान अनुसार संविधानको कार्यान्वय गर्दै सभामुख र उपसभामुख भिन्न दलबाट चयन गर्न सदन र सरकारको ध्यानाकर्षण गराए ।
सांसद अतहर कुमाल मुसलमानले संविधान बनाउने थलोले नै संविधानको प्रावधानको पालना नगर्ने काम भएको भन्दै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानले गरेको व्यवस्था यथासिघ्र कार्यान्वय गर्न माग गर्नुभयो ।

सांसद उमाशंकर अरगरियाले धनुषा जिल्लामा हुलाकी सडक निर्माणको कामको सिलसिलामा निस्किएको धुलो धुंवाका कारण सर्वसाधरणको स्वास्थ्यमा असर परेको भन्दै प्रदुषण नियन्त्रण तर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी कमला नदीमा नीलगाई, सुंगुर र श्यालको विगविगी नियन्त्रण गर्न माग गर्नुभयो ।

सांसद संञ्जय कुमार गौतमले विपत व्यवस्थापनको पुर्व तयारी तर्फ सरकार गम्भीर नभएको भन्दै त्यसबारे सरकारका तयारीबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । साथै विपत व्यवस्थापनमा खर्च हुने रकमहरु पारदर्शी बनाउन माग गर्नुभयो ।

सांसद घनश्याम खतिवडाले भुमि व्यवस्थापन सम्बन्धी उच्चस्तरीय आयोग बनाएर भुमि व्यवस्थापनमा देखिएको समस्याको स्थायी र दीर्घकालिन समाधान गर्न सरकारसंग माग गर्नुभयो । सुकुम्बासी आयोगबाट मात्रै भुमि व्यवस्थापनमा देखिएको दोहोरो स्वामित्व लगायतका समस्या समाधान हुन नसक्ने तर्क उहाँले गर्नुभयो ।

सांसद आशा कुमारी विकले बझाङ्ग जिल्लामा बालिका बलात्कार पछि फरार अभियुक्तको तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस