काठमाडौं । हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।
नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७६ साउनदेखि सुरु भएको हो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २५ कार्तिक २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईसेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता
हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता
ओमानमा पहिलो पटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने