काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताए।उनले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे। उनले भने, ‘ठूलो मात्रामा मानिसहरू एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसावले जोखिमपूर्ण नै मान्छौँ। त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको संक्रमण अरू मानिसमा थप जानसक्छ। कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ। विश्वका विभिन्न ठाउँहरुमा नयाँ भेरियन्टहरु देखिएकाे अवस्थालाई हेर्दाखेरि भीडभाड हुने गतिविधिहरूलाई हामीले एकदमै सावधानीका साथ अगाडि लिएर जानुपर्छ। जनस्वास्थ्यका मापदण्डहरू विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ।’
प्रवक्ता अधिकारीले विश्वव्यापी रूपमा कोभिड १९ को संक्रमण घटेको बताए। देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ। तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोडभन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ। जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ।
उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए।
उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए। उनले कोभिड १९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए। सर्वसाधारणहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्कगरी कोभिड १९ बिरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रहसमेत गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले थाल्यो जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया
स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार समिति गठन
उपचार शुल्क सार्वजनिक नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
एक अस्पताल एक रक्तसञ्चार केन्द्र घोषणा
विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’ : स्वास्थ्य मन्त्रालय