झापा । मंसिर ४ मा हुने चुनाव खारेजी गर्न माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मशाल जुलुस गरेको छ।
झापाको बिर्तामोडमा शनिबार उक्त पार्टीका नेता तथा कार्यकर्ताले चुनाव खारेजी माग गर्दै जुलुस गरेका हुन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीले चुनाव बहिकार गर्दै खारेजीको माग गर्ने केही दिनअघि निर्णय गरेका थिए।
झापामा भएको मसाल जुलुसपछिको कोणसभामा बोल्दै वैकल्पिक केन्द्रीय सदस्य प्रशान्त थापाले मंसिर ४ को चुनाव जनता र देशको हितमा नभएकोले बहिष्कार गर्नुपर्ने बताए।
सरकारले भने निर्वाचन बिथोल्न खोज्नेमाथि निगरानी गरिएको जनाएको छ। गृहमन्त्री बालकृष्ण खाणले चुनाव बिथोल्न खोजिएमा सरकारले कडा कदम चाल्ने बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
कालिकोट पुगेर विप्लवले गरे भेडा फर्म उद्घाटन
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय