काठमाडौं। इलोन मस्कले ट्विटरका आधा कर्मचारी हटाउने योजना बनाएपछि त्यसविरुद्ध मुद्दा परेको छ। मस्कको यो योजनाले संघीय र क्यालिफोर्नियाको कानुन उल्लंघन गरेको मुद्दामा जनाइएको छ।
मस्कले सामूहिक निष्कासनका लागि कर्मचारीलाई पर्याप्त सूचना अवधि नराखेको भन्दै सान फ्रान्सिस्कोको संघीय अदालतमा सो मुद्दा दायर भएको हो।संघीय कानुनअनुसार ठूलो कम्पनीले सामूहिक निष्कासनको ६० दिनपहिले सूचना दिनुपर्ने व्यवस्था छ।
अर्बपति इलोन मस्कले हालै ४४ अर्ब डलरमा यो सामाजिक सञ्जाल गत महिना मात्र खरिद गरेका थिए।उनले लगानीकर्ताहरुलाई ७५ प्रतिशतसम्म कर्मचारी कटौती गर्न सकिने बताएका छन्। ट्विटरमा हाल ७ हजार ५ सय कर्मचारी छन्। जसमध्ये ३७ सयलाई बिदा दिने उनको योजना रहेको ब्लुमबर्गले जनाएको छ।
शुक्रबार क्यालिफोर्नियाको समयअनुसार बिहान ९ बजे कर्मचारीहरुलाई इमेल आउने र उनीहरुको जागिर गएको वा नगएको सूचना दिइने बताइएको छ। जागिर रहेकाहरुलाई कम्पनीको इमेलमा सूचना आउनेछ भने जागिर गुमाउनेहरुलाई उनीहरुको व्यक्तिगत इमेलमा जानकारी दिइने वाल स्ट्रिट जर्नलले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी बन्द गर्ने इलोन मस्कको निर्णय