मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न आवश्यक: राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १४ : १०
मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न आवश्यक: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छिन् । आज शुक्रबार मुस्ताङको प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै उनले यस्तो बताइन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन समेत आग्रह गरिन्। उनले मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताइन्।

राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह  गरिन्  । उनले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यक्ता औंल्याइन ।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताइन्। उनले धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै भावी पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने बताइन् ।

ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा संघ, प्रेदश र स्थानीय तहको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन्। मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा स्थलमार्ग हुँदै व्यापार विस्तारको नयाँ सम्भावना खोल्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस