चितवन । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उम्मेदवार डा.भोजराज अधिकारी र ३ (क) प्रदेश सभाका उम्मेदवार डा.सुर्यकान्त घिमिरेले चुनावी घरदैलो अभियान शुरू गरेका छन् । ३ (क) अन्तर्गत भरतपुर ९ शरदपुरबाट लोकतान्त्रिक-बाम गठबन्धनले चुनावी घरदैलो शुरू गरेको हो । सँगै भरतपुर वडा चुनाव प्रचारप्रसार सचिवालय पनि उद्घाटन भएको छ ।
यसै सन्दर्भमा जनताको साथ, सहयोग र समर्थनमा आफु निर्वाचित हुने डा. भोजराजले बताएका छन् । राजनीति गर्न नभई विकास गर्न यहाँ आएकोले जनताले सहयोग गर्ने उनले विश्वास लिए । भरतपुर क्षेत्रमा केही बाकी रहेको खानेपानी र ढलको समस्या समाधान गर्ने गरि योजना बनाउने उनको प्रतिबद्धता छ । सामाजिक सुरक्षाका लागि पनि आफुसँग योजना रहेको उनले बताए ।
यस्तै ३ (ख) प्रदेशसभाका उम्मेदवार डा सुर्यकान्त घिमिरेले जनताको चाहाना अनुसार काम गर्ने बताए । भरतपुर ९ का स्थानीयसँग चुनावी घरदैलोमा सहभागी भएको उनले जनताको सेवा घरआँगनमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे । ५ दलिय लोकतान्त्रिक(बाम गठबन्धन अन्तर्गत प्रतिनिधिसभा चितवन ३ मा नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी ३ (क) मा नेपाली कांग्रेसबाट प्राडा सुर्यकान्त घिमिरे र ३ (ख) मा नेकपा माओवादी केन्द्रबाट ठाकुर प्रसाद ढकाल चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो