एजेन्सी । मस्कोले युक्रेनी अन्न निर्यात गर्ने जहाजलाई सुरक्षित मार्गको अनुमति दिने सम्झौतामा आफ्नो सहभागितालाई निलम्बन गरेको तर अन्त्य गरिनसकेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
युक्रेनले आफ्नो जहाजमाथि आक्रमण गर्न ब्ल्याक सीमा सुरक्षा कोरिडोर प्रयोग गरेको आरोप लगाउँदै मस्कोले शनिबार राष्ट्रसंघको मध्यस्थता भएको उक्त सम्झौताबाट बाहिरिएको थियो । राष्ट्रसंघले त्यो रात कोरिडोर भित्र कुनै जहाज नरहेको बताएको छ भने युक्रेनले आक्रमणको जिम्मा लिएको छैन ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौतालाई सम्मान गर्ने र रसियाले ‘विश्वलाई भोकले ब्ल्याकमेल गरिरहेको आरोप लगाएको छ, जसलाई रुसले अस्वीकार गर्दछ । विवादबीच अनाज सहित ३ लाख ५४ हजार ५०० टन खाद्यान्नसहित १२ जहाजहरूले सोमबार युक्रेनको ब्ल्याक सी बन्दरगाह छाडेको युक्रेनको पूर्वाधार मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ कार्तिक २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सी र पुटिनबीच भिडियो वार्ता
ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
अमेरिकी राष्ट्रपतिमा पुटिनको समर्थन ह्यारिस
आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत
पुटिनलाई मङ्गोलियामा गिरफ्तार गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश
अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो– पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ