छठ पूजाको लागि सिंगारियो नारायणी किनार

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, १८ : २५
छठ पूजाको लागि सिंगारियो नारायणी किनार

चितवन । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ ।

बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादीलाई अघ्र्य दिइ अञ्जुलीमा पानी भरी जल चढाउँछन् । छठका लागि चितवनको नारायणी नदी किनारलाई सिंगारिएको छ ।

नदी किनारमा दुई हजार व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको छ । साथै, पूजा गर्ने ठाउँमा सरसफाइ गरिएको छ । नदी किनारमा पूजाका लागि ३२ ठाउँ निर्माण गरिएको छ भने ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका ३० वटा मूर्ति राखिएको छ ।

प्रतिक्रिया दिनुहोस