एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति युनले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘यो वास्तवमै दुखद हो’ उनले एक विज्ञप्तिमा भने ‘एक त्रासदी घटना राजधानी सिउलको मुटुमा भएको छ ।’ सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका थिए । उक्त घटनाप्रति विश्व नेताहरूले शोक प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ कार्तिक २०७९, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पास
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला