सिउल । दक्षिण कोरियाको राजधानी सिउल (सोल) मा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब एक लाख भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।
द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटल नजिकै बेहोस भएका थिए । एक घण्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसहरुलाई ह्दयघात भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ कार्तिक २०७९, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु
दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला