मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार घिमिरे र थापालाई

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, ०७ : ५९
मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार घिमिरे र थापालाई

काठमाडौं । यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार पत्रकारद्य शिवहरि घिमिरे र  रोजिना थापालाई प्रदान गरिएको छ।

प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले शनिबार एक कार्यक्रमकाविच प्रेस सेन्टरका केन्द्रीय इन्चार्जसमेत रहेका नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु प्रसाद सापकोटा जुगलले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

दुवै जनलाई पाँच हजार एक सय रुपैयाँका दरले पुरस्कार र सम्मानपत्र वितरण गरिएको छनौट समितिका सदस्य सचिवसमेत रहेका प्रेस सेन्टर ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल बार एसोसिएसन ललितपुरका अध्यक्षको संयोजकत्वमा गठित ३ सदस्यीय पुरस्कार छनौट समितिले दुई जनाको नाम छनौट गरेको हो ।

द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस