स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न भरतपुरमा विपद् व्यवस्थापन तालिम

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १६ : ४५
स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न भरतपुरमा विपद् व्यवस्थापन तालिम

चितवन। विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहिवारबाट भरतपुरमा दुई दिने तालीम शुरु भएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम शुक्रबार सम्म चल्ने छ । 

स्थानीय सरकारहरुको क्षमता अभिबृद्वी गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको बिपत ब्यबस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले जानकारी दिए ।उद्घघाटन सत्रमा बोल्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले प्राकृतिक विपदको जोखिमबाट हुने क्षतीबाट बच्न यस्ता तालिमले महत्त्वपूर्ण भुमिका खेल्नेमा विस्वास व्यक्त गरे। साथै उनले बिना सूचना आउने बिपदबाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह समेत गरे । 

प्राकृतिक प्रकोपहरु जस्तैः भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपात लगायतबाट हुने हानी नोक्सानी र जोखिम कम गर्न दुई दिने तालिमको आयोजना गरिएको हो ।तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिने छ । 

कार्यक्रममा बिपद जोखिमहरु बारे बुझाइ, बिपद जोखिम सम्बन्धि नेपाल सरकारका नितिहरु र प्राथमिकताहरु,नेपालमा बिपद जोखिम सुशासन (सस्थागत र कानुनी प्राबधानहरु), स्थानीय तहमा बिपद जोखिम ब्यबस्थापन सुशासन र स्थानीय बिपद जोखिम ब्यबस्थापन ऐन, स्थानीय बिपद जोखिम ब्यबस्थापन समितिको काम र कर्तव्यहरु, स्थानीय तहमा बिपद जोखिम ब्यबस्थापन कोष सन्चालन कार्यबिधी र बिपद लेखाजोखा मार्गदर्शनका बिषयहरुमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरिएको छ । 

तालिममा भरतपुर महानगरका २९ वटै वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य तथा अन्य क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस