काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् । शनिबार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरे । उनले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गरे । उनले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाए ।
उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सकरारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको जिकिर गरे । उनले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरुको गठबन्धन भएको आरोप पनि लगाए ।
उनले भने, ‘वास्तवमा संसदीय व्यवस्था अघि बढ्दै जाँदा जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर भन्दा कतै अन्त नै जाँदै छ कि भन्ने मलाई आभाष भएको छ । मैले के पनि देख्दछु भने आर्थिक रुपले देश बिस्तारै शो डाउन हुँदैछ । व्यवस्थाप्रति पनि अलिकति नेगेटिभ चिज जाँदैछ ।’
उनले थपे, ‘यो कारण वास्तवमा हिजो राजनीतिक रुपले हेर्दा हिजो जुन व्यवस्था गठबन्धन भन्दा पहिला नेतृत्व गरेको सरकार थियो, नेकपा एमालेको केपी ओलीले नेतृत्व गरेको सरकार त्यो सरकारको असक्षमताका कारणले शुरु भएको हो । त्यसलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भएको छ । प्रतिगमन सच्याउने, संविधानसंगत बाटोमा हिँडाउने आवश्यक छ । अहिले पनि गठबन्धन अर्कोतर्फ पनि छ । त्यो गठबन्धन भनेको प्रतिगमनकारीहरुको गठबन्धन हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असोज २०७९, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइजिपीको स्पष्टीकरण - अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गरियो
माओवादी नेता कृष्णबहादुर महरालाई आज अदालत लाने तयारी
महराको बयान आज पनि जारी रहने, म्याद थपका लागि अदालत लगिँदै
पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना
पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति
कृष्णबहादुर महरालाई सीआईबी पुर्याइयो