पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, १३ : ००
पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं  । पिपुल्स पावर लिमिटेड कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी ,रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडबाट हुनेछन् ।

कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस