कोशी नदीमा ट्रक खस्दा २ जनाको मृत्यु, ७ जना घाइते

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०७५, १५ : ५१
कोशी नदीमा ट्रक खस्दा २ जनाको मृत्यु, ७ जना घाइते

कोशी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशी पुलबाट स्काभेटर बोकेको ट्रक कोशी नदीमा खस्दा २ जनाको मृत्यु भएको छ ।
घटनामा परि ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रक चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका ४० वर्षीय घनस्याम चौधरी र स्काभेटर चालक बराहा नगरपालिका–१ का बिनोद बराईली रहेका छन्।

दुर्घटनामा गम्भिर घाइते भएका दुबैजनाको उपचारको क्रममा मृत्यु भएको हो। बुधबार मध्यान्ह १२ बजे को १ क १०४३ नम्बरको स्काभेटर बोकेर जाँदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक कोशीमा खसेको थियो।

घाइते भएकामध्ये ३ जनालाई थप उपचारको लागी वीराट नर्सिङहोम विराटनगर पठाइएको छ भने ४ जनाको ईनरुवा अस्पतालमा उपचार भइरहेको छ महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस