एजेन्सी । दिल्लीको एक विद्यालयको शौचालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गरेकी छन् ।
एक ट्वीटमा स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको बताएकी छिन् । स्वाती मालिवालका अनुसार पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको थियो ।
बालिकालाई विद्यालयका दुई सिनियर विद्यार्थीले नै बलात्कार गरेको आरोप छ । यस विषयमा केन्द्रीय विद्यालय संगठनको क्षेत्रीय कार्यालयले पनि छानबिन गर्ने जनाएको छ । दिल्ली प्रहरीले यस घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट
भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित
१५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुष पक्राउ
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार