काठमाडौं । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।
मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ ।
मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । मनाङमा सन् २०१४ को अक्टोबर २० मा परेको थियो ।
त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन । यसबर्ष भने अक्टोबर ६ मै हिउँ परेको हो । हिउँ पर्न थालेपछि चिसो बढेको स्थानीयले बताएका छन् । हिउँले वस्ती माथिका डाँडाहरु सेताम्मे भएको छ ।
हिमपातका कारण बिजुली बन्द छ । इन्टरनेट प्रभावित छ । मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीयले बताएका छन् । मनाङमा गतबर्ष मंसिर १६ गतेबाट हिउँ पर्न सुरु भएको थियो । यसबर्ष २ महिना अघि देखि नै हिमपात भएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी बर्षा भएको थियो । बर्षापछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकालगायतको उच्च भूभागमा हिमपात भएको छ ।
उनका अनुसार निरन्तर हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन भनिएको छ । हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० असोज २०७९, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाक्लो हिमपात
मनाङमा पहिलो हिमपात
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित