चाडपर्वको समयमा बासी, सडेगलेका खानेकुरा र रक्सी सेवन नगर्न सरकारले आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको समयमा त्यस्ता खाना नखान र स्वस्थ रहन सर्वसाधारणलाई सूचित गरेको हो ।
मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले माछामासुलगायत खानेकुरा राम्रोसँग पकाएर मात्र खान र पकाएका खानेकुरालाई छोपेर राख्न पनि सूचनामार्फत् आग्रह गरेको छ ।
चिल्लो एवम् बोसोयुक्त, गुलियो, चिसो पेयपदार्थ तथा नुन कम खान सुझाव दिँदै भनिएको छ, ‘पोषिलो, ताजा तथा स्वस्थ खानेकुरा, हरिया सागपात फलफूल, दाल तथा गेडागुडी, पशुपन्छीजन्य तथा दूधजन्य खानेकुरामा जोड दिऔं ।’
मदिरा सेवन नगर्न र दशैँलगायत चाडबाड मनाउँदा कोभिड –१९ विरुद्धका जनस्वास्थ्यका मापदण्ड पालन गर्न एवम् डेंगु रोगबाट बच्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वमा नेपालमै उत्पादित दुध र दुग्धजन्य पदार्थ प्रयोग गर्न मन्त्री अधिकारीको अपिल
चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन