चीन पुगे प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०७५, १७ : ०८
चीन पुगे प्रधानमन्त्री ओली

चीन । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने भ्रमणका क्रममा चीन अवतरण गर्नुभएको छ ।  प्रधानमन्त्री ओली नेपाली समयअनुसार पौने ३ बजे बेइजिङमा अवरतण गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा चिनिया सहायक विदेशमन्त्रीले स्वागत गर्नुभएको थियो । बेइजिङस्थित नेपाली राजदूत लीलामणि पौडेल र चिनिया“ सिष्टाचार महापाल पनि ओलीलाई स्वागत गर्न  विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओली केहीबेरमै बेइजिङस्थित हिल्टन होटलमा नेपाली दूतावासले आयोजना गर्ने रिसेप्सन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको विशेष उच्च स्तरीय राजनीतिक भेटघाट भने भोलि हुनेछ ।
चिनिया“ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली ११९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ पुग्नुभएको हो । चीन भ्रमणका क्रममा उहा“ले चिनिया राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुस“ग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा नेपाल–चीनबिच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ । चीन भ्रमणका बेला ऊर्जा, रेल वे, विद्युत प्रसारण लाइन र भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा सम्झौता हुने जनाइएको छ । अघिल्लोपटक प्रधानमन्त्री हु“दा भएका आपसी सहमतिको कार्यान्वयनका विषयमा थप छलफल हुने जनाइएको छ । मंगलबार बेलुका नै प्रधानमन्त्री ओलीको टोली बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुने कार्यक्रम छ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुस“ग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले चिनिया“ राष्ट्रपति सी चीनफीङस“ग भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार प्रधानमन्त्री ओलीको टोली ल्हासा जाने र शनिबार ल्हासामा रहेको पोतला दरबार, जोखाङ मन्दिर, क्युसु कृषि आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ । आइतबार बिहान ११ बजेर ५० मिनेटमा प्रधानमन्त्री ओली नेतृत्वको टोली सिचुआन एयरलाईन्समार्फत स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको  छ ।

 

प्रतिक्रिया दिनुहोस